२०८३ आश्विन २० गते, मंगलवार ०३:३०

देश चुनावमा होमिएको छ, एमालेपनि चुनावमा जान तयार छ

काठमाडौं –

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश चुनावमा होमिएको दाबी गरेका छन् ।

मंगलबार एमाले पार्टी कार्यालय निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपा एमालेपनि चुनावमा जान तयार भएको र सरकारपनि चुनावी वातावरण निर्माणमा अघि बढेको भन्दै यसले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दिएको बताएका हुन् ।

एमाले पनि चुनावको पक्षमा रहेको दाबी गर्दै उनले भने, ‘निर्वाचन आयोग आफ्नो काममा सक्रिय छ, सुरक्षा निकायहरू उच्च मनोबलका साथ काम गरिरहेको छ । निर्वाचनको वातावरण बनिरहेको परिपेक्षमा एमालेको तर्फबाट उहाँहरुले वातावरण बनाउनुहोस्, हामी निर्वाचनमा सहभागी हुन्छौँ भन्नेर पार्टीका महासचिवको तर्फबाट स्पष्ट रूपमा राख्नुभएको छ । एमालेसँगको यो भेट चुनावउन्मुख भएको र चुनावको लागि एमाले पनि तयार भएको साथै सरकारले पनि वातावरण बनाउनेगरी अघि बढेको हुनाले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दिएको छ ।’

त्यस्तै उनले कुनैपनि नेता वा कार्यकर्ता चुनावको प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआउने वातावरण सरकारले सुनिश्चित गर्ने बताए ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस