२०८३ जेष्ठ ७ गते, बिहीबार १२:१८

हरिखेतान बहुमुखी क्याम्पसमा नेविसंघको ११ सदस्यीय विद्यार्थी युनियन गठन, अध्यक्षमा सुरज यादव

वीरगन्ज-

वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो साङ्गठनिक उपस्थिति बलियो बनाउँदै ११ सदस्यीय विद्यार्थी युनियन गठन गरेको छ। नेपाल विद्यार्थी संघ स्ववियु परिषद्का केन्द्रीय अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच नयाँ कार्यसमिति घोषणा गरिएको हो।

नवगठित युनियनको अध्यक्षमा सुरज यादव सर्वसम्मत चयन भएका छन्। समितिको उपाध्यक्षमा रञ्जन गुप्ता, कोषाध्यक्षमा निभा कुमारी सर्राफ, सचिवमा आकाश कलवार र सह–सचिवमा प्रिन्स साह कानु रहेका छन्।

त्यसै गरी सदस्यहरूमा इरशाद आलम, दिपेश ठाकुर, रामप्रवेश यादव, चन्दन शर्मा, सुदिप राज ठाकुर र मुस्कान पटेल चयन भएका छन्।

 कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ स्ववियु परिषद्का केन्द्रीय अध्यक्ष राजकुमार यादवले हरिखेतान बहुमुखी क्याम्पसमा पछिल्लो समय देखिएका प्रशासनिक तथा शैक्षिक बेथितिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए। “क्याम्पसमा भइरहेको अव्यवस्था र विद्यार्थीका समस्याबारे हामी जानकार छौँ,” अध्यक्ष यादवले भने, “यी समस्याहरूको तुरुन्त समाधानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेका छौँ, समयमै ठोस समाधान नभए हामी कडा कदम चाल्न बाध्य हुनेछौँ।”

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इ. मुनराज तिवारीले शैक्षिक गुणस्तर सुधार र क्याम्पसको भौतिक तथा प्रशासनिक सुधारका लागि संगठित विद्यार्थी शक्ति आवश्यक रहेको उल्लेख गरे। उनले नवगठित युनियनलाई विद्यार्थीका हकहितका लागि जिम्मेवार र सक्रिय भएर काम गर्न निर्देशन दिए।

कार्यक्रममा क्याम्पसका विद्यार्थीहरू, नेविसंघका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नवगठित युनियनले क्याम्पसका शैक्षिक, प्रशासनिक र विद्यार्थीसँग जोडिएका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई एमालेले पनि विश्वासको मत दिने, कांग्रेस–एमालेबीच केन्द्रीय तहमा सहमति

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पोडकास्ट सुन्नुहोस