२०८३ असार २२ गते, सोमबार ०९:००

बंगलादेशमा हिन्दूहरूमाथि भइरहेको दमनको विरोधमा काठमाडौँमा प्रदर्शन, विहिप नेपालद्वारा दूतावासमा ज्ञापनपत्र बुझाइयो

काठमाडौँ –

बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायमाथि भइरहेको अमानवीय आक्रमण, हत्या र धार्मिक उत्पीडनका घटनाप्रति नेपालका विभिन्न संघ-संस्थाहरूले कडा आपत्ति जनाएका छन्। यसै सिलसिलामा विश्व हिन्दू परिषद् (विहिप) नेपालले मंगलवार काठमाडौँस्थित बंगलादेशी दूतावासमार्फत राजदूतलाई एक ज्ञापनपत्र बुझाउँदै बंगलादेशमा भइरहेको निरन्तरको मानव अधिकार उल्लंघनप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

विहिप नेपालका राष्ट्रिय सचिव राजेन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बंगलादेशी नागरिक दिपु चन्द्र दासलाई रुखमा झुण्ड्याएर जिउँदै जलाइएको घटनालाई ‘अत्यन्तै अमानवीय र बर्बर’ भन्दै कडा निन्दा गरिएको छ। “सबै धर्म बराबर हुन् र ईश्वर एउटै हुन्” भन्ने मानवीय विश्वास व्यक्त गरेकै कारण दासको हत्या हुनुले सम्पूर्ण मानवताको विवेकलाई स्तब्ध बनाएको परिषद्को ठहर छ। यस्ता घटनाले धार्मिक स्वतन्त्रतामाथि प्रहार गर्नुका साथै अन्तर्राष्ट्रिय मानव अधिकार महासन्धिको समेत ठाडो उल्लंघन गरेको र यसले दक्षिण एसियाकै सामाजिक सद्भाव र सुरक्षामा गम्भीर खतरा पैदा गर्न सक्ने चेतावनी दिइएको छ।

ज्ञापनपत्रमार्फत परिषद्ले दिपु चन्द्र दासको हत्याको स्वतन्त्र, निष्पक्ष र पारदर्शी अन्तर्राष्ट्रिय अनुसन्धान गरी दोषीहरूलाई कडा कानुनी सजाय सुनिश्चित गर्न माग गरेको छ। साथै, बंगलादेशभर रहेका अल्पसंख्यक हिन्दूहरूको जिउधन, धार्मिक स्वतन्त्रता र सम्पत्तिको सुरक्षाको ग्यारेन्टी गर्दै मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न समेत बंगलादेश सरकारसँग आग्रह गरिएको छ। पीडित परिवारलाई उचित न्याय, क्षतिपूर्ति र सुरक्षा प्रदान गर्न जोड दिँदै परिषद्ले मानवताको रक्षाका लागि अन्तर्राष्ट्रिय समुदायलाई समेत एकजुट हुन अपिल गरेको छ।

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस