२०८३ आश्विन २० गते, मंगलवार ०४:१९

भेनेजुएलामाथि आक्रमणपछि ट्रम्पद्वारा कोलम्बियामाथि पनि सैन्य कारबाहीको धम्की

(रायटर्स) –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार कोलम्बियाको सरकारविरुद्ध पनि सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो सैन्य अपरेशन “मलाई त ठीकै लाग्छ” भनेका छन्।

एयर फोर्स वनमै पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,
“कोलम्बिया पनि निकै गम्भीर रूपमा बिरामी छ। त्यहाँ एउटा बिरामी मानिसले शासन गरिरहेको छ, जसलाई कोकिन उत्पादन गर्ने र अमेरिकामा बेच्ने काम मन पर्छ। तर उसले यो धेरै समयसम्म गर्न पाउने छैन।”

ट्रम्पको यो टिप्पणी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो प्रति लक्षित रहेको रूपमा बुझिएको छ।

पत्रकारहरूले अमेरिकाले कोलम्बियाविरुद्ध साँच्चै सैन्य कारबाही गर्ने हो कि होइन भनेर प्रत्यक्ष प्रश्न गर्दा ट्रम्पले जवाफ दिए,
“मलाई त यो राम्रो नै लाग्छ।”

अमेरिकी राष्ट्रपति ट्रम्पको यो अभिव्यक्ति अमेरिकाले साहसी सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिई न्यूयोर्क पुर्‍याएको घटनापछि आएको हो। मादुरोलाई लागुऔषध तस्करीसम्बन्धी आरोपमा कारबाहीका लागि अमेरिकामा लगिएको बताइएको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस