२०८३ आश्विन २० गते, मंगलवार ०३:३२

पूरानो भनेको खराब र थोत्रो हो भन्ने भाष्य गलत र खतरनाक : गगन थापा

काठमाडौं –

नेपाली काँग्रेसका सभापति गगन थापाले पूरानो हुनु भनेको खराब र थोत्रो हो भन्ने भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पूरानो चाँही थोत्रो र जे नयाँ छ त्यो चाँही असल भन्ने भाष्य हेर्दा सरल भएपनि खतरनाक रहेको धारणा राखे ।

उनले भने,‘नयाँ भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको छ । समाजमा कुनै पनि कुरा जेठो हुनु भनेको अथवा पूरानो हुनु भनेको खराब हो भन्ने छ । पूरानो चाहिं थोत्रो र जे नयाँ छ त्यो असल भन्ने भाष्य हेर्दा सरल लाग्छ तर खतरनाक छ । यसले पूरानोसँग भएको अनुभव हराउँछ । किनकी सिंगो समाजले नै त्यो भाष्य ग्रहण गर्न थाल्यो भने परम्परा वा इतिहासमा अप्ठ्यारो ल्याउँछ ।’

त्यस्तै उनले अहिले बाहिरबाट हेर्दा नेपाली कांग्रेस पार्टीको सारा समय नै भित्रको झगडा मिलाउने कुरामा खर्च भएको जस्तो देखिएको बताए । तर कांग्रेसको प्राथमिकता भनेको राष्ट्रप्रति जिम्मेवारी हुनुपर्ने अवस्था आएको बताए ।
सभापति थापाले सरकारको जति जिम्मेवारी हुन्छ त्यति नै प्रतिपक्षको पनि हुने भन्दै प्रतिपक्ष अलिकति चुक्यो भने लोकतन्त्रलाई खतरा हुने जानकारी दिए ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस