२०८३ असार २१ गते, आईतवार ००:३७

खसी भन्दै बाख्राको मासु बेच्नेलाई कारबाही गरिने, वीरगन्जको मासु बजारमा कडाइ

वीरगन्ज-

वीरगन्ज महानगर क्षेत्रका माछा तथा मासु पसलहरूमा उपभोक्ता ठगिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय पर्साले कडा कदम चाल्ने निर्णय गरेको छ । पछिल्लो समय खसीको मासु भनेर बाख्राको मासु बिक्री गर्ने, सरसफाइमा लापरबाही गर्ने र कम तौल दिएर उपभोक्ता ठग्ने गुनासो बढेपछि प्रशासनले सरोकारवालाहरूसँग छलफल गरी यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित कार्यक्रममा नियमनकारी निकाय, उपभोक्ता हित संरक्षण मञ्च नेपाल र माछा–मासु व्यवसायीहरूको सहभागिता रहेको थियो । उपभोक्ता हित संरक्षण मञ्चले बजारमा देखिएका विकृतिबारे प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई जानकारी गराएपछि यस विषयमा गम्भीर छलफल भएको हो ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी दाहालले उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलवाड गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले व्यवसायलाई पारदर्शी र उपभोक्तामैत्री बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

अनुगमन र कडाइका मुख्य निर्णयहरू छलफलले बजारलाई व्यवस्थित बनाउन निम्न महत्वपूर्ण निर्णयहरू गरेको छ :

  • मूल्यसूची अनिवार्य: मासु व्यवसायीहरूले आफ्नो पसलमा अनिवार्य रूपमा मूल्यसूची राख्नुपर्नेछ ।
  • स्पष्ट पहिचान: खसी, बाख्रा, कुखुरा लगायतका मासुको स्पष्ट पहिचान खुलाएर मात्र बिक्री वितरण गर्नुपर्ने ।
  • कारबाहीको चेतावनी: उपभोक्तालाई कम तौल दिने र ठगी गर्ने व्यवसायीमाथि कडा कानुनी कारबाही गरिने ।
  • नियमित अनुगमन: जिल्ला प्रशासन कार्यालयले अनुगमन टोलीलाई सक्रिय बनाई नियमित रूपमा बजार निरीक्षण गर्ने ।
  • सरसफाइमा निर्देशन: पसल र वधस्थलमा उचित सरसफाइ कायम राख्न व्यवसायीहरूलाई निर्देशन दिइएको छ ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि उपभोक्ताको विश्वास कायम राख्न आफूहरू जिम्मेवार भएर अघि बढ्ने र प्रशासनको निर्णय पालना गर्ने प्रतिबद्धता जनाएका छन् । यता, उपभोक्ता हित संरक्षण मञ्चले प्रशासनको यो पहल सकारात्मक रहेको बताउँदै यी निर्णयहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ ।

प्रशासनको यो सक्रियतापछि वीरगन्जको माछा–मासु बजारमा हुने ठगी नियन्त्रण हुने र उपभोक्ताले स्वच्छ तथा सही तौलको मासु पाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस