२०८३ असार २१ गते, आईतवार ००:३७

नीति तथा कार्यक्रम जनअपेक्षाविपरीत: नेकपा (एमाले) का सांसदहरूको कडा आलोचना

काठमाडौँ-

सरकारले प्रतिनिधि सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि नेकपा (एमाले) का सांसदहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार संसद्‌मा भएको छलफलका क्रममा एमाले सांसदहरूले यो दस्तावेज केवल घोषणामा सीमित रहेको र यसले शासकीय स्वरूप, अर्थतन्त्र र सामाजिक क्षेत्रमा कुनै स्पष्ट दिशा दिन नसकेको दाबी गरे।

एमाले सांसद सुहाङ नेम्वाङले नीति तथा कार्यक्रमले जनताको भरोसा र अपेक्षालाई सम्बोधन गर्न नसकेको बताउनुभयो। देश आर्थिक परनिर्भरताको दबाबमा रहेको उल्लेख गर्दै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि स्पष्ट बाटो नदेखिएको टिप्पणी गर्नुभयो। “सुशासन त्रासबाट होइन, बलियो प्रणालीबाट मात्र सम्भव हुन्छ,” नेम्वाङले भन्नुभयो, “सामाजिक न्याय सुनिश्चित नभएसम्म भौतिक विकासको कुनै अर्थ रहँदैन।”

एमाले प्रमुख सचेतक ऐन महरले नीति तथा कार्यक्रमप्रति सरकारका प्रधानमन्त्री र मन्त्रीहरू नै उदासीन देखिएको आरोप लगाउनुभयो। उहाँले यो कार्यक्रमको स्रोत र राजनीतिक आधारमाथि नै प्रश्न उठाउनुभएको छ। महरले भन्नुभयो, “यो नीति तथा कार्यक्रम सरकारले नै लेखेको हो कि कतै बाहिरबाट आएको हो भन्ने प्रश्न उठेको छ।” साथै, उहाँले २०६२/६३ को जनआन्दोलनका शहीदहरूको सम्मानजनक स्मरण नगरिएकोमा पनि आपत्ति जनाउनुभयो।

त्यस्तै, अर्का सांसद क्षितिज थेवेले नीति तथा कार्यक्रमले मुलुकलाई स्पष्ट वैचारिक र संरचनात्मक दिशा दिन नसकेको बताउनुभयो। संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्रको खाका यसमा नसमेटिएको उहाँको भनाइ थियो। राजस्व नीति र रोजगारी सिर्जनाका विषयमा प्रश्न उठाउँदै थेवेले प्रविधि र अनुसन्धानमा आधारित अर्थतन्त्रको आवश्यकता औँल्याउनुभयो।

सांसदहरूले शिक्षा, स्वास्थ्य, र विपन्न वर्गका लागि ठोस कार्यक्रम नआएको भन्दै नीति तथा कार्यक्रमलाई कार्यान्वयनमुखी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस