२०८३ असार १६ गते, मंगलवार १४:४७

संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

काठमाडौं –

नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयता थप सुदृढ बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

संसद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको संस्थागत विकास तथा जनसरोकारका विषयलाई संसदमार्फत सम्बोधन गर्ने साझा जिम्मेवारीलाई पुनः स्मरण गर्ने अवसर रहेको बताए ।

उनले वि.सं. २०१६ साल असार १६ गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, जनप्रतिनिधिमूलक शासन प्रणाली र संविधानवादप्रतिको अटल प्रतिबद्धताको स्मरण गराउने बताए । 

उनले भने,‘जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, जनप्रतिनिधिमूलक शासन प्रणाली र संविधानवादप्रतिको अटल प्रतिबद्धताको स्मरण गराउँछ । यो दिन नेपालमा लोकतन्त्रको संस्थागत विकास र जनसरोकारका विषयलाई संसद मार्फत् सम्बोधन गर्ने हाम्रो साझा जिम्मेवारीलाई पनि पुनः स्मरण गर्ने अवसर हो ।’

संसद लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले जनताको सार्वभौम इच्छालाई कानुन, नीति तथा राज्य सञ्चालनमार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्थाको रूपमा यसको गरिमा जोगाउनु सरकार, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू तथा सबै सांसदहरूको दायित्व भएको बताए । 

उनले भने, ‘संसद लोकतन्त्रको मेरुदण्ड हो । जनताको सार्वभौम इच्छालाई कानुन, नीति र राज्य सञ्चालनमार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले यसको गरिमा, प्रभावकारिता र विश्वसनीयता अझ सुदृढ बनाउनु नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, सभामुखज्यू, माननीय मन्त्रीज्यूहरु र सबै माननीय सांसदज्यूहरुको दायित्व हो ।’

उनले नेपाली कांग्रेस सदैव लोकतन्त्र, संविधानको रक्षा, विधिको शासन, मानव अधिकार तथा समावेशी र उत्तरदायी संसदीय अभ्यासप्रति प्रतिबद्ध रहेको बताए । उनले संसदलाई लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप अझ सुदृढ बनाउन संसद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

संसद जनताको आवाज सशक्त बनाउने मञ्च हो : नेता आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसदको गरिमा, प्रभावकारिता र विश्वसनीयता थप सुदृढ बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

संसद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको संस्थागत विकास तथा जनसरोकारका विषयलाई संसदमार्फत सम्बोधन गर्ने साझा जिम्मेवारीलाई पुनः स्मरण गर्ने अवसर रहेको बताए ।

उनले वि.सं. २०१६ साल असार १६ गते जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, जनप्रतिनिधिमूलक शासन प्रणाली र संविधानवादप्रतिको अटल प्रतिबद्धताको स्मरण गराउने बताए । 

उनले भने,‘जननिर्वाचित संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनले नेपाली जनताको लोकतान्त्रिक संघर्ष, जनप्रतिनिधिमूलक शासन प्रणाली र संविधानवादप्रतिको अटल प्रतिबद्धताको स्मरण गराउँछ । यो दिन नेपालमा लोकतन्त्रको संस्थागत विकास र जनसरोकारका विषयलाई संसद मार्फत् सम्बोधन गर्ने हाम्रो साझा जिम्मेवारीलाई पनि पुनः स्मरण गर्ने अवसर हो ।’

संसद लोकतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले जनताको सार्वभौम इच्छालाई कानुन, नीति तथा राज्य सञ्चालनमार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्थाको रूपमा यसको गरिमा जोगाउनु सरकार, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू तथा सबै सांसदहरूको दायित्व भएको बताए । 

उनले भने, ‘संसद लोकतन्त्रको मेरुदण्ड हो । जनताको सार्वभौम इच्छालाई कानुन, नीति र राज्य सञ्चालनमार्फत कार्यान्वयन गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले यसको गरिमा, प्रभावकारिता र विश्वसनीयता अझ सुदृढ बनाउनु नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, सभामुखज्यू, माननीय मन्त्रीज्यूहरु र सबै माननीय सांसदज्यूहरुको दायित्व हो ।’

उनले नेपाली कांग्रेस सदैव लोकतन्त्र, संविधानको रक्षा, विधिको शासन, मानव अधिकार तथा समावेशी र उत्तरदायी संसदीय अभ्यासप्रति प्रतिबद्ध रहेको बताए । उनले संसदलाई लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप अझ सुदृढ बनाउन संसद दिवसले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस