२०८३ आश्विन २० गते, मंगलवार ०४:१८

दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदान भावी पुस्तासम्म पु¥याउनु पर्छ : गगन थापा

काठमाडौं –

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदानलाई भावी पुस्तासम्म पु¥याउनुपर्ने बताएका छन् ।

गौरीशंकर लाल दासको रथारोहण एव सुवार्णपुरा सम्मानमा समारोहमा बोल्दै उनले गौरीशंकर लाल दासको दीर्घायुको कामना गर्दै स्वास्थ्य सेवामार्फत समाजलाई पु¥याएको योगदान सधैं स्मरणीय रहने बताए । 

उनले भावी पुस्ताले पनि आफ्नो गाउँ र समाजलाई गौरीशंकर लाल दासजस्ता समाजसेवी व्यक्तित्वको कर्मभूमिका रूपमा चिन्ने वातावरण बनाउनुपर्ने बताए । 

उनले सिराहाबाट स्वास्थ्य सेवामार्फत लामो समयसम्म समाजको सेवा गर्दै सकारात्मक सोच र प्रेरणादायी जीवन बिताएका दासको योगदानलाई संरक्षण र सम्मान गर्न सबैले भूमिका खेल्नुपर्ने बताए ।

यसैगरी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वरिष्ठ चिकित्सक तथा समाजसेवी गौरीशंकर लाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान ऐतिहासिक रहेको बताएकी छन् ।

डंगोलले वीर अस्पतालमा चिकित्सकीय सेवासँगै प्रशासनिक नेतृत्वसमेत सम्हालेर उनले स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

उनले नेपालको पहिलो दीर्घकालीन स्वास्थ्य सेवा योजना (लङ टर्म हेल्थ केयर) गौरीशंकर लाल दासकै नेतृत्वमा भएको उल्लेख गरीन् । उनले अहिलेको स्वास्थ्य सेवा विस्तार त्यही योजनाको आधारमा अघि बढिरहेको बताइन् ।

डंगोलले चिकित्सा क्षेत्रसँगै मानव अधिकार, नेपाल रेडक्रसलगायत विभिन्न सामाजिक संस्थामार्फत गौरीशंकर लाल दासले योगदान पु¥याएको बताइन् ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस