२०८३ असार २३ गते, मंगलवार ०९:१७

बर्डफ्लु पीडित किसानलाई एक साताभित्र ५२ करोड क्षतिपूर्ति दिइने, ११ जिल्ला बढी प्रभावित

काठमाडौँ

पशुसेवा विभागले बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा पन्छीजन्य वस्तुको क्षतिपूर्तिबापत ११ जिल्लाका किसानलाई ५२ करोड रुपैयाँ राहत उपलब्ध गराउने अन्तिम तयारी गरेको छ। विभागले नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई मूल्याङ्कनका आधारमा ७५ प्रतिशत रकम एक साताभित्रै वितरण गर्न लागेको हो।

विभागका प्रवक्ता मुकुल उपाध्यायका अनुसार प्रमाणित भई माग दाबी गरेका सम्बन्धित पशुपक्षी धनीहरूको बैंक खातामै सिधै रकम भुक्तानी गरिनेछ। चालु आर्थिक वर्षको असार मसान्तसम्म प्राविधिक कारणले क्षतिपूर्ति लिन नसकेका किसानलाई भने नयाँ आर्थिक वर्षको सुरुमै रकम उपलब्ध गराइने विभागले स्पष्ट पारेको छ।

बर्डफ्लु नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर यो राहत वितरण गर्न लागिएको हो। प्रवक्ता उपाध्यायले पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरिएको सबै आधिकारिक प्रमाणसहित तत्काल आ-आफ्नो जिल्लास्थित पशुसेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानहरूलाई आग्रह गर्नुभएको छ।

हालसम्म बर्डफ्लु सङ्क्रमणका कारण काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी ११ जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। यी जिल्लाहरूमा हालसम्म करिब ७ लाख पन्छी, ११ लाख गोटा अण्डा र ३ लाख किलो दाना नष्ट गरिसकिएको छ। यसबाट किसानहरूको करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान पशुसेवा विभागले गरेको छ।

प्रतिक्रिया

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

पोडकास्ट सुन्नुहोस