२०८३ असार २३ गते, मंगलवार १०:४४

स्पेन र बेल्जियम क्वार्टरफाइनलमा, पोर्चुगल र अमेरिका विश्वकपबाट बाहिरिए

काठमाडौं –

फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान सम्पन्न अन्तिम १६ का खेलमा स्पेन र बेल्जियमले प्रभावशाली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन्। पराजयसँगै पोर्चुगल र आयोजक अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन्।

स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो। निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले गरेको निर्णायक गोल नै स्पेनको जितका लागि पर्याप्त बन्यो।

यस हारसँगै ४१ वर्षीय स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा पनि टुंगिएको छ। रोनाल्डोले यसअघि नै सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए।

यता, सिएटल रंगशालामा भएको अर्को खेलमा बेल्जियमले अमेरिकामाथि ४–१ को शानदार जित दर्ता गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्‍यो।

बेल्जियमका लागि चाल्र्स डे केटेलारेले ९औं र ३३औं मिनेटमा दुई गोल गर्दै टोलीलाई उत्कृष्ट सुरुआत दिलाए। अमेरिकाका मालिक टिलम्यानले ३१औं मिनेटमा एक गोल फर्काए पनि त्यसले टोलीलाई खेलमा फर्काउन पर्याप्त भएन।

दोस्रो हाफमा बेल्जियमले आफ्नो दबाब कायम राख्दै ५७औं मिनेटमा हान्स भानाकेन र इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि टोलीले ४–१ को सहज जित हात पार्यो।

यससँगै स्पेन र बेल्जियमले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् भने पोर्चुगल र अमेरिका अन्तिम १६ बाटै बाहिरिएका छन्।

प्रतिक्रिया

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

पोडकास्ट सुन्नुहोस