२०८३ श्रावण २० गते, बुधबार १२:१३

एक अर्ब ८९ करोड रुपैयाँको हुन्डी कारोबार गरेको आरोपमा रिजाल पक्राउ

काठमाडौं –

अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धादिङको सत्यदेवी स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका बसोबास गर्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम राणाले रिजाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका क्रममा रिजालको बैंक खातामार्फत एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको स्रोत नखुलेको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ।

सीआईबीले उक्त रकमको स्रोत, कारोबारमा संलग्न अन्य व्यक्तिहरू तथा सम्भावित हुन्डी सञ्जालबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस