२०८३ भाद्र २ गते, मंगलवार १७:३७

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश सवार स्कार्पियो दुर्घटना, ६ जना घाइते

वीरगन्ज

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरमा दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्। दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा आज बिहान काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो अनियन्त्रित भएर दुर्घटनामा परेको हो।

दुर्घटनामा न्यायाधीश डाँगीसहित गाडीमा सवार ६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनले बताए।

दुर्घटनालगत्तै घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। स्कार्पियोमा न्यायाधीश डाँगीसहित उनका पारिवारिक सदस्यहरू पनि सवार रहेको बताइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस