२०८३ आश्विन २० गते, मंगलवार ०३:३३

मेरो जवानी र बेडरुमको सपना नदेख्न कंगनाको बाबा रामदेवलाई सुझाव।

काठमाडौं –

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौत र योगगुरु बाबा रामदेव बीच सामाजिक सञ्जालमार्फत तीखा आरोप–प्रत्यारोप भएको छ । आफ्ना विवादास्पद अभिव्यक्तिलाई लिएर रामदेवले गरेको टिप्पणीपछि कंगनाले इन्स्टाग्राममार्फत कडा जवाफ दिएकी हुन् ।

उक्त विवाद कंगनाले केही युवा प्रदर्शनकारीलाई ‘जेनेरेसन गटर’ भनेको अभिव्यक्तिबाट सुरु भएको थियो । त्यसपछि उनले आफ्नो भनाइ सबै युवाप्रति लक्षित नभई आफूलाई ‘कक्रोच’ भन्ने केही व्यक्तिप्रति मात्रै लक्षित रहेको स्पष्ट पारेकी थिइन् ।

उनका अनुसार, ‘यदि कसैले आफूलाई कक्रोच भन्छ भने कक्रोच गटरमै बस्छ भन्ने कुरा स्वाभाविक हो । मैले सबै युवालाई गटरको भनेकी होइन, केही व्यक्तिलाई मात्रै संकेत गरेकी हुँ ।’ यसै विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै बाबा रामदेवले कंगनाको टिप्पणीको आलोचना गरेका थिए ।

समाचारको स्क्रिनसट साझा गर्दै कंगनाले रामदेवको भनाइ उद्धृत गरिन । जसमा रामदेवले ‘उनको विगत कस्तो थियो र युवावस्था कस्तो थियो ?’ भन्ने प्रश्न उठाएको उल्लेख थियो ।

यसको जवाफमा कंगनाले इन्स्टाग्राममा लेखेकीछन,‘बाबाजी, मेरो जवानी वा बेडरुमको सपना नदेख्नुस् । हल्ला र अफवाहका आधारमा अनुमान लगाउन सकिन्छ, तर ममाथि सर्वोच्च अदालतले झुटा वा भ्रामक प्रभावकारिता दाबी गरेको भन्दै फटकार लगाएको छैन ।’

उनले थप लेखेकीछन,‘मलाई चरित्रको पाठ नपढाउनुस् । मेरो चरित्र तपाईंभन्दा धेरै राम्रो छ, यहाँ कुनै ठगी भएको छैन ।’ कंगनाको टिप्पणी सन् २०२४ मा पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दातर्फ लक्षित थियो ।

उक्त मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णले सर्वोच्च अदालतमा शपथपत्रमार्फत बिना शर्त माफी माग्दै भविष्यमा यस्ता भ्रामक औषधीय दाबी वा आधुनिक चिकित्साविरुद्ध अपमानजनक टिप्पणी नगर्ने प्रतिबद्धता जनाएका थिए । एएनआई

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस