२०८३ आश्विन १४ गते, बुधबार २१:०६

नेपाली कांग्रेसमा विवाद चर्कियो: देउवा समूहले १५औँ महाधिवेशनको छुट्टै कार्यतालिका निर्वाचन आयोगमा दर्ता गरायो

वीरगन्ज —

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि तय गरेको छुट्टै कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ।

नेता एनपी साउदका अनुसार देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गरिएको हो। देउवा समूहले प्रस्तुत गरेको कार्यतालिकाअनुसार आगामी असोज १५ गतेदेखि नै वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उल्लेख छ।

देउवा समूहद्वारा तय गरिएको अधिवेशनको कार्यतालिका:

  • असोज १५ गते: वडा अधिवेशन
  • असोज २० गते: गाउँ तथा नगरपालिका अधिवेशन
  • असोज २३ गते: प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन
  • कात्तिक १५ गते: जिल्ला अधिवेशन
  • मंसिर ४ गते: प्रदेश अधिवेशन
  • मंसिर २१–२३ गते: केन्द्रीय महाधिवेशन (काठमाडौं)

महाधिवेशनको तिथिमितिसहितको सम्पूर्ण विवरण निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता गराइएको नेता साउदले जानकारी दिनुभएको छ।

पार्टीभित्र बढ्यो आधिकारिकताको विवाद

यसअघि कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढाइसकेको छ। पार्टीका दुवै पक्षले छुट्टाछुट्टै कार्यतालिका अघि बढाएपछि कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया, आन्तरिक एकता र पार्टीको आधिकारिकतालाई लिएर विवाद थप चुलिने देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस