२०८३ आश्विन २१ गते, बुधबार १७:४०

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरसहित विभिन्न स्थानमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ–

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। विभागको टोलीले बुधबार जबरासँगै उनका निकट व्यक्ति तथा नातेदारहरूको घरमा समेत एकसाथ छापा मारेको हो।

विभाग स्रोतका अनुसार जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा खानतलासी गरिएको छ। अनुसन्धान टोलीले उनीहरूको घरबाट विभिन्न महत्वपूर्ण कागजातहरू जफत गरेको बताइएको छ। यस कारबाहीसँगै पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको अनुसन्धान प्रक्रिया थप तीव्र पारिएको बुझिएको छ।

यसैबीच, हालैमात्र पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषय चर्चामा आएको थियो। यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लिएको नभई सुरक्षा प्रदान मात्रै गरेको दाबी गर्दै आएको छ र १२ घण्टाभित्रै उनलाई घर पुर्‍याएको थियो।

घटनाबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले समेत स्पष्ट पार्दै अज्ञात समूहबाट थ्रेट (धम्की) आएका कारण सुरक्षा सतर्कता अपनाउन प्रहरी परिचालन गरी सुरक्षा प्रदान गरिएको सञ्चारकर्मीहरूलाई जानकारी दिएका थिए।

विभागले छापा मारेर कागजातहरू जफत गरेसँगै यस प्रकरणमा थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

सर्वोच्च अदालतको न्यायाधीश सिफारिस विवादमा: न्याय परिषद्मै फरक मत र नेपाल बार एसोसिएसनद्वारा गम्भीर आपत्ति

काठमाडौँ– सर्वोच्च अदालतका रिक्त चार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरसहित विभिन्न स्थानमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा

पोडकास्ट सुन्नुहोस