२०८३ आश्विन २१ गते, बुधबार १८:२५

हिन्दुहरूको सुरक्षामाथि चुनौती बढ्दैछ, एकजुट हुनुको विकल्प छैन’: विनय यादव

तौलिहवा, कपिलवस्तु-

राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादवले नेपालमा सनातन धर्म, संस्कृति र हिन्दु समुदायको सुरक्षामाथि चुनौती बढ्दै गएको बताउँदै आफ्नो धर्म, संस्कृति र पहिचानको रक्षाका लागि सम्पूर्ण हिन्दुहरू एकजुट हुनुपर्ने बताउनुभएको छ। उहाँले नेपाललाई पुनः हिन्दु राष्ट्र कायम नगरेसम्म संघर्ष जारी रहने धारणा व्यक्त गर्नुभयो।

महाकाल युवा शक्ति नेपालको राष्ट्रिय समितिको वार्षिकोत्सव कार्यक्रमलाई तौलिहवामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै यादवले भन्नुभयो, “आज नेपालमा सनातन धर्म, संस्कृति र हिन्दुहरूको सुरक्षामाथि चौतर्फी खतरा उत्पन्न भइरहेको छ। हाम्रो पहिचान र धर्मको रक्षाका लागि सम्पूर्ण हिन्दुहरू एकजुट हुनुको विकल्प छैन। नेपाललाई पुनः हिन्दु राष्ट्र कायम नगरेसम्म यो संघर्ष रोकिने छैन।”

महाकाल युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष धर्मनाथ विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री दानबहादुर चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य मधुसूदन चौधरी, मधेसवादी नेता रविदत्त मिश्र, मायादेवी गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलगायत विभिन्न धार्मिक, सामाजिक तथा युवा अगुवाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री दानबहादुर चौधरीले नेपालको मौलिक संस्कृति र सनातन परम्परा देशको ऐतिहासिक पहिचानसँग जोडिएको बताउनुभयो। धार्मिक सहिष्णुताको नाममा हुने कुनै पनि प्रकारका अतिक्रमण तथा धार्मिक सुरक्षाका विषयमा राज्य र नागरिक दुवै संवेदनशील हुनुपर्ने उहाँको भनाइ थियो।

महाकाल युवा शक्तिका केन्द्रीय अध्यक्ष धर्मनाथ विश्वकर्माले संगठन हिन्दु धर्मको रक्षा, सामाजिक एकता तथा हिन्दु राष्ट्र निर्माणको अभियानमा निरन्तर सक्रिय रहने बताउनुभयो। देशभरका युवालाई संगठित गर्दै धर्म, संस्कृति र सामाजिक एकताको संरक्षणका लागि अभियानलाई थप विस्तार गरिने उहाँले बताउनुभयो।

लुम्बिनी प्रदेश सभा सदस्य मधुसूदन चौधरीले धार्मिक तथा सांस्कृतिक धरोहरहरूको संरक्षण सबैको साझा दायित्व भएको बताउँदै सामाजिक सद्भाव कायम राख्दै हिन्दु समाजका हकहित र सुरक्षाका विषयलाई लोकतान्त्रिक माध्यमबाट सशक्त रूपमा उठाउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा अन्य वक्ताहरूले पनि सनातन धर्म–संस्कृतिको संरक्षण, धार्मिक तथा सांस्कृतिक सम्पदाको सुरक्षा, सामाजिक सद्भाव र हिन्दु राष्ट्रको विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

वार्षिकोत्सव कार्यक्रममा स्थानीय बासिन्दा, धार्मिक श्रद्धालु, युवा तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा महाकाल युवा शक्तिको आगामी कार्यदिशा, युवा परिचालन तथा सनातन धर्म–संस्कृतिको संरक्षणका विषयमा समेत छलफल गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सर्वोच्च अदालतको न्यायाधीश सिफारिस विवादमा: न्याय परिषद्मै फरक मत र नेपाल बार एसोसिएसनद्वारा गम्भीर आपत्ति

काठमाडौँ– सर्वोच्च अदालतका रिक्त चार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरसहित विभिन्न स्थानमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा

सर्वोच्च अदालतको न्यायाधीश सिफारिस विवादमा: न्याय परिषद्मै फरक मत र नेपाल बार एसोसिएसनद्वारा गम्भीर आपत्ति

काठमाडौँ– सर्वोच्च अदालतका रिक्त चार न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरसहित विभिन्न स्थानमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा

पोडकास्ट सुन्नुहोस