२०८३ आश्विन २३ गते, शुक्रबार ०९:५७

पोखरामा सडकबाट २०० मिटर तल खस्यो स्कुल बस, पाँच विद्यार्थी घाइते

पोखरा –

कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको गण्डकी प्रदेश २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बसमा २१ जना विद्यार्थी सवार थिए।

घाइते पाँच जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस