काठमाडौ –
सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)ले काँग्रेससँगको सहकार्यलाई अझै सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ ।

शनिवार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले केन्द्रिय सचिवालय बैठकले सो कुरामा जोड दिएको हो । सरकारको ४ महिने कार्यकाल आधारभुत रुपमा ठिक ढंगले अघि बढ्दै गइरहेको निष्कर्ष निकाल्दै बैठकले दुई दल बीचको सत्ता साझेदारीलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयो ।

उहाँले सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउनकालागि गरी दुई दलबीच संघ, प्रदेश र स्थानीय तहमा समेत संयन्त्र बनाएर अघि बढ्ने निर्णय पनि दुई दलबीच भएको बताउनु भयो ।

एमालेले दुई दल बीचको विश्वासको वातावरण खदिलो बनाउन पनि सरकारलाई सुझाव दिइएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्