२०८३ जेष्ठ १६ गते, शनिबार १६:४६

महिला सशक्तिकरणका अभियान बिस्तार गर्ने योजनामा छौँः मन्त्री यादव

पर्सा-

खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तिकरणका अभियानलाई बिस्तार गर्ने योजनामा सरकार रहेको बताउनुभएको छ ।

बुधवार वीरगञ्जमा आयोजित वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरुलाई आत्मारक्षाका लागि दिएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वीरगञ्ज महानगरपालिकाले शुरु गरेको अभियान शुरुवात मात्रै भएको भन्दै अन्य जिल्लाहरुमा पनि किशोरीहरुका लागि आत्मरक्षाको कार्यक्रम अघि बढाउँदै लैजाने बताउनु भयो । किशोरीहरुको सशक्तिकरणको लागि तालिम कार्यक्रमहरु सञ्चालन गर्न सरकारले अब ढिला नगर्ने बताउनु भयो ।

मन्त्री यादवले यस्ता तालिमहरुले जीवनमा आत्मबल, आत्मविश्वास बढाउने, शारीरिक र मानसिक रुपले बलियो बनाउने र हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउने बताउनु भयो । महानगरपालिकाले एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारीअनुसार तालिम कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस