२०८२ असार ११ गते, बुधबार ११:१५

काठमाडौं-

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रुपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजना भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले निजी क्षेत्र र सरकार दुवैले उत्पादनमुलक क्षेत्रमा जोड दिन आवश्यक रहेको बताउनु भयो । मन्त्री सिंहले उत्पादनको क्षेत्रले नेपालको जिडीपीमा पु¥याएको योगदानमा कमी आइरहेको बताउनु भयो । उहाँले उत्पादन क्षेत्रले जिडीपीमा पु¥याएको योगदानमा वृद्धि गर्न उत्पादनमुलक उद्योगहरुमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले ऊर्जा उत्पादनमा लागेर उत्पादनमुलक क्षेत्रमा आवश्यक विद्युत सप्लाई गर्नुसक्नुपर्ने बताउनु भयो ।

उहाँले विद्युतको लागि ट्रान्समिसन लाइनदेखि अन्य सबै कम्पोनेन्टमा नेपालमा बनेका सामान राखेर गर्नसके राम्रो परिणाम दिने बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि सरकारले निजी क्षेत्रले दिएका सुझावलाई ध्यान दिएर कार्यान्वयनमा जोड दिइरहेको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्र सुधारको लागि गरिरहेको कामको परिणाम केही समयमा देखिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्र चलायमान बनाउने इन्जिन भएको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउने इन्जिनलाई सरकारले प्राथमिकता अझै दिन नसकेको भन्दै गुनासो गर्नुभयो ।

उहाँले सरकारले निजी क्षेत्रलाई प्राथमिकता राखेर काम ग¥यो भने मात्रै समग्र रुपमा आर्थिक समृद्धि प्राप्त हुने उल्लेख गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको छाता संस्थाहरुले खेलेको भुमिकाको मूल्याङ्कन हुनुपर्ने बताउनु भयो । उहाँले सरकारको नेतृत्वदायि निकायमा बसेका प्रधानमन्त्री,मन्त्री,सचिव र निजी क्षेत्रका संस्थाका अध्यक्षहरुको रिपोर्ट कार्ड बनाउन सक्दा नतिजा आफँै आउने बताउनु भयो ।

उहाँले उद्योग वाणिज्य महासंघले मुलुकका वैदेशिक लगानी प्रवद्र्धनको लागि निरन्तर रुपमा काम गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस