२०८३ बैशाख २ गते, बुधबार ०१:०५

पूर्वसभामुख ढुंगानालाई श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु

काठमाडौं –

पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आईतवार दिउँसो निधन भएको थियो ।

उहाँको निधनपछि सोमवार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो । स्व. ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

उहाँको पार्थिव शरीर आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस