२०८२ असार ९ गते, सोमबार १८:४२

काठमाडौं –

सभामुख देवराज घिमिरेले स्व. दमननाथ ढुंगानाले संसदलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।

सोमवार स्व. ढुंगानाको अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरण पुग्नुभएका सभामुख घिमिरेले स्व.ढुंगानाले संसदलाई कसरी बलियो बनाउने भन्नेबारेमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभएको हो । उहाँले संसदलाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको श्रोतको रुपमा स्व. ढुंगानालाई आफूले लिएको बताउनु भयो । उहाँले प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाई गर्ने व्यक्तिका रुपमा आफूले चिनेको बताउनु भयो ।

स्व. ढुंगानालाई संसद सञ्चालन र संसदको भुमिकाको बारेमा सिक्नुपर्ने एउटा अगुवाको रुपमा आफूले सम्झिने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस