२०८३ जेष्ठ १६ गते, शनिबार १६:४७

वीरगन्ज महानगरको विद्यालयमा शिक्षक अभाव: विद्यार्थीहरूद्वारा तालाबन्दी र विरोध प्रदर्शन

वीरगन्ज-

शिक्षक अभावले अध्ययन अध्यापन प्रभावित भएको भन्दै वीरगन्ज महानगरपालिका वडा नम्बर १६–नगवा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले तालाबन्दी सहित विरोध प्रदर्शन गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गर्दै गेटअगाडि आगो बालेर विरोध प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले विद्यालयमा शिक्षकको अभावका कारण पठनपाठन ठप्प भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
विशेष गरी अकाउन्ट विषयका शिक्षकको अनुपस्थितिले उनीहरूको पढाईमा बाधा पुगेको भन्दै विरोध गर्न बाध्य भएको उनीहरूको भनाइ छ।

विद्यालयका प्रधानाध्यापकले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखासँग शिक्षक आपूर्तिका लागि पटकपटक माग गर्दा पनि शिक्षा शाखाले आलटाल गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्।

शिक्षक अभावमा अध्ययन अध्यापनमा समस्या भएको र उनीहरूको शैक्षिक भविष्यमा नकारात्मक प्रभाव पर्न सक्ने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

विद्यालयमा शिक्षक अभाव भएको स्वीकार्दै वीरगंज वडा नं.– १६ का वडा अध्यक्ष पर्शुराम चौरसियाले भोलिबाट लेखा विषयका शिक्षक व्यवस्था गरी पठनपाठन नियमित गराउने आश्वासन दिएका छन् । वडा अध्यक्षको आश्वासनपछि विद्यार्थीहरूले आन्दोलन स्थगित गरेका छन्।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस