२०८२ पुष ५ गते, शनिबार ०९:४७

पर्साको सरिसवा पुलमा मोटरसाईकल दुर्घटना,जैसवालको मृत्यु

वीरगन्ज-

पावरहाउस – ड्राइपोर्ट सडकखण्डमा पर्ने वीरगन्ज१३ स्थित सरिसवा पुलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति करिब सवाँ ९ बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर प्रदेश २ ०३ ००४ प ५६१४ नम्बरको मोटरसाईकलमा सवार बहुदरमाई नगरपालिका वडा नम्बर ९ का ४० वर्षिय जटाशंकर प्रसाद जैसवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

प्रहरी प्रवक्त एवं प्रहरी नायब उपरिक्षक ९डिएसपी० किशोर लम्सालका अनुसार उनको साथबाट प्राप्त परिचयपत्रको आधारमा जैसवार नै रहेको भनिए पनि सनाखत हुन बाँकी छ ।

अनुसन्धानको क्रममा मोटसाईकललाई ट्रकले ठक्कर दिएको भन्ने आशंकामा दुई वटा भारतिय नम्बर प्लेटको ट्रक नियन्त्रणमा लिइएको लम्सालले बताए । अनुसन्धानकै क्रममा रहेको कारण नियन्त्रणमा लिइएको ट्रकको नम्बर खुलाईएको छैन ।

मृतकको शव पोष्टमार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको डिएसपी लम्सालले जानकारी दिए ।

जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्री खरेलको घोषणा

काठमाडौं- जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको

जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्री खरेलको घोषणा

काठमाडौं- जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको

पोडकास्ट सुन्नुहोस