२०८२ पुष ५ गते, शनिबार ०९:५८

सीताराम विवाहपञ्चमी महोत्सवः नगर दर्शन सम्पन्न, आज पुष्पवाटिका फुलवारी लिला

जनकपुरधाममा मङ्गलबारदेखि सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन बुधबार फूलबारी लीला मनाउने क्रममा जानकी मन्दिर छेउमा रहेको विवाहमण्डप परिसरमा राम, लक्ष्मण तथा सीत

जनकपुर-

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा परम्परा अनुसार विवाह पञ्चमीको साताव्यापी महोत्सव अन्तर्गत आइतबार भगवान श्रीरामको नगर दर्शन सम्पन्न भएको छ ।

प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने हुँदा उत्साह अझै थपिएको र विशेष व्यवस्था गरिएको जनकपुरधाम जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णले जानकारी दिए । उनले भगवान राम र माता सीताको पौराणिक विवाह उत्सवलाई जीवन्त बनाउन जनकपुर धाम अहिले चहलपहल र उत्साहले भरिएको बताए ।

जनकपुरधाका मारवारी सेवा समिति, कलवार कुट्टी, सुडी कुट्टी, रौनियार सेवा समितिले आवासको व्यवस्था गरिएको छ भने सो स्थानका भोजनको व्यवस्था जानकी मन्दिरको तर्फबाट आयोजना हुने महन्तका उत्तराधिकारी रामरोशन दासले बताए ।

आइतबार नगर दर्शनपछि सोमबार पुष्पवाटिका फुलवारी लिला, मंगलबार धनुष यज्ञ र बरात आगमनको स्वागत गरिने छ भने बुधबार तिलकोत्सव, बिहीबार मटकोर महोत्सव, शुक्रबार शुभविवाह महोत्सव र शनिबार रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ । जन्तीहरुलाई २३ गते स–सम्मान विदा गरेपछि अयोध्या फर्किने छन् ।

जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्री खरेलको घोषणा

काठमाडौं- जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको

जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्री खरेलको घोषणा

काठमाडौं- जेन–जी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारहरुको

पोडकास्ट सुन्नुहोस