२०८२ असार १७ गते, मंगलवार १०:३७

पर्सा –

जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज आइतवार सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुरले एनपीएलको उपाधि जितेर ऐतिहासिक उपलब्धि हासिल गरेकाले खुसीयाली मनाउन आज बिदा दिएको गाउँपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

आज स्वास्थ्य चौकीका अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गतका सबै कार्यालय बन्द रहने सखुवा प्रसौनी गाउँपालिकाले जनाएको छ । हिजो भएको एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस