२०८३ असार २२ गते, सोमबार ०८:५१

जनकपुरले एनपीएलको उपाधि जितेको खुसीमा सखुवा प्रसौनीमा सार्वजनिक बिदा

पर्सा –

जनकपुर बोल्ट्सले पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज आइतवार सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुरले एनपीएलको उपाधि जितेर ऐतिहासिक उपलब्धि हासिल गरेकाले खुसीयाली मनाउन आज बिदा दिएको गाउँपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

आज स्वास्थ्य चौकीका अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गतका सबै कार्यालय बन्द रहने सखुवा प्रसौनी गाउँपालिकाले जनाएको छ । हिजो भएको एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्सले उपाधि जितेको छ ।

प्रतिक्रिया

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नयाँ सदस्यताको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समयावधि २०८३ साउन ३ गतेसम्म थप गरेको छ ।

काठमाडौं- महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको

पोडकास्ट सुन्नुहोस