२०८३ बैशाख २ गते, बुधबार ०७:०९

रास्वपा पर्साको प्रथम जिल्ला भेला सम्पन्न , सभापतिमा पन्त निर्बिरोध

पर्सा- 

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

आज स्थानिय क्लासिक ब्यान्क्वेटको सभाहलमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेला सम्पन्न भएको हो । भेलाले हरि पन्तलाइ सभापतिमा निर्बिरोध निर्बाचित गर्दै आठ सदस्यीय जिल्ला समिति पनि निर्बिरोध निर्बाचित गरेको छ ।

केन्द्रिय उपसभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा सप्पन्न जिल्ला भेलामा निर्बाचित समिती सदस्यलाई उपसभापति वाग्लेले सपथ ग्रहण गराउदै शुभकामना समेत दिएका थिए । उक्त भेलाले उपसभापतिमा तुल्सा पैडेल सचीवमा सुदिश प्रजापति ,सहसचिवमा कृष्ण पासवान सदस्यहरुमा दिलिप कुर्मी ,पुर्ण सापकोटा ,सुरेश यादब र प्रियन्का पटेल लाई समेत निर्बिरोध चुनेको हो ।

सभापति पन्त यस अघि जेष्ठमा रास्वपा मधेस प्रदेशद्वारा पर्साको जिल्ला संयोजक चुनिएका थिए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस