२०८२ असार १७ गते, मंगलवार १७:०३

पर्सा-

पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका ड्राइपोर्ट बहुवरीमा आज बेलुकाको ६ बजे तिर भारतिय ट्रक र मोटरसाइकलबीच भएको भीषण दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल सवार १४ वर्षीय संदिप पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगंज स्थित नारायणी अस्पताल लयाइएको छ । बारा जिल्लाको कवहीगोठ निवासी संदिप पाण्डेको मृत्यु भएको हो ।

प्रत्यक्षदर्शीहरूका अनुसार भारतिय नम्बर प्लेटको ट्रकले तीव्र गतिमा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि भारतिय ट्रक फरार रहेको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी गराएका थिए ।उनका अनुसार प्रहरी टोलीले फरार ट्रक र चालकको खोजी कार्य जारी रहेको जानकारी गराएका थिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस