२०८२ असार १७ गते, मंगलवार १४:२८

वीरगन्ज –

नारायणी अस्पतालको बिग्रिएका औजार तथा उपकरणहरु मर्मत सम्भारका लागि नारायणी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ ।

अस्पतालका औजार तथा उपकरणहरूको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग आज सम्झौता गरिएको नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले बताए । सम्झौता अनुसार राष्ट्रिय आविष्कार केन्द्रले अस्पतालका उपकरणहरूको मर्मत सम्भारमा आवश्यक प्राविधिक सहयोग र तालिम प्रदान गर्नेछ ।

सम्झौताले अस्पतालमा रहेको चिकित्सा उपकरणहरूको समयमै मर्मत सम्भार सुनिश्चित गरी सेवाको गुणस्तर सुधार गर्ने अपेक्षा लिएको अध्यक्ष गुप्ताले बताए ।

नारायणी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्र बिच भएको समझौता पत्र

राष्ट्रिय आविष्कार केन्द्रसँगको सम्झौताले नारायणी अस्पतालको स्वास्थ्य उपकरणहरु समयमैं सुधार हुने र जनताको सहज पहुँचमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएका अध्यक्ष गुप्ताको भनाई छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस