२०८२ आश्विन २० गते, सोमबार १८:१९

विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुस्ः प्रधानमन्त्री

पोखरा-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताउनुभएको छ ।

बिहीवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले प्रविधिबाट शतर्क हुनुपर्ने अवस्था रहेको पनि बताउनु भयो ।

धानमन्त्री ओलीले विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुपर्ने बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस