२०८३ बैशाख २ गते, बुधबार ०३:४३

युद्धविरामपछि गाजामा ३ इजरायली बन्धकहरूको परिवारहरूसँग पुनर्मिलन

काठमाडौँ-

आईतवारदेखि लागू भएको युद्धविराम सम्झौता अन्तर्गत गाजा पट्टीबाट रिहा गरिएका पहिलो तीन इजरायली बन्धकहरू इजरायल फर्किएका छन् । आफ्ना परिवारहरूसँग पुनर्मिलन गरेका छन् ।

यसैबीच गाजावासीहरू १५ महिनाभन्दा बढीको घातक इजरायली हमलाको अन्त्यको खुशीयालीमा छन् । गाजाका स्वास्थ्य अधिकारीहरूकाअनुसार युद्धविरामले ४६ हजार ९ सय भन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिने इजरायली आक्रमणको अन्त्य भएको छ । घातक लडाइँले गाजाको धेरैजसो भागलाई पनि ध्वस्त पारेको छ ।

गाजापट्टीमा व्यापक भोकमरी र रोगहरू निम्त्याएको छ । रिहा गरिएका तीन महिलाहरूमा २८ वर्षीया ब्रिटिश–इजरायली एमिली दमारी र ३० वर्षीया रोमानियाली–इजरायली पशु चिकित्सा नर्स डोरोन स्टेनब्रेचर छन् । जसलाई उत्तरी गाजा बाहिर किबुट्ज कफर अजाबाट अपहरण गरिएको थियो ।

२३ वर्षीया रोमी गोनेन, जसलाई नोभा संगीत महोत्सवबाट लगिएको थियो । गाजामा अझै पनि रहेका ९८ बन्धकहरू मध्ये आधा जीवित छन् । यद्यपि हमासले पुष्टि गरेको छैन ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस