२०८३ बैशाख २ गते, बुधबार ०३:४३

माघ १८ गते संसद अधिवेशन बोलाउने सरकारको निर्णय

वीरगन्ज –

सरकारले माघ १८ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले माघ १८ गते शुक्रवार १ बजेका लागि संसद अधिवशेन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संसदको आगामी अधिवशेन माघ १८ गते बोलाउने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरकारले माघ १८ गते शुक्रवार दिनको १ बजे सदन बोलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री गुप्ताले प्रतिपक्ष दलहरुले कहिलेबाट संसद बोलाउने भन्ने प्रश्न गरिरहेको भन्दै त्यसको जवाफ प्राप्त भएको पनि बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस