२०८३ आश्विन १८ गते, आईतवार १७:०४

गढीमाई मन्दिर तोडफोड प्रकरणमा रासपाको गृहमन्त्रीलाई ज्ञापन पत्र

बारा-

बारा जिल्लास्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा भएको तोडफोड र उदण्डताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय समता पार्टी नेपालले दोषीहरूमाथि तत्काल कानुनी कार्यवाही गर्न माग गरेको छ। यस सम्बन्धमा पार्टीका प्रतिनिधिहरूले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएका छन्।

पार्टीको टोलीले जनाएअनुसार २०८१ माघ ३ गते बिहीबार राति करिब १० बजे अराजक समूहले मन्दिर परिसरमा प्रवेश गरी भाकल स्वरूप छाडिएका परेवाहरू चोर्ने प्रयास गर्दा नगर प्रहरीसँग झडप भएको थियो। झडपको क्रममा हातपात समेत भएको र अर्को दिन शुक्रबार बिहान ती समूहहरूले सुनियोजित रूपमा मन्दिर परिसरभित्र दानपेटिका र पंखाहरू तोडफोड गरेको घटनाका दृश्यहरू सीसीटीभी फुटेजमा देखिएका छन्।

पार्टीका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादको नेतृत्वमा महासचिव डा. अभिषेक तिवारी र केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्र बहादुर श्रेष्ठ सहितको टोलीले संघीय मन्त्री निवास, ललितपुरमा पुगी गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

ज्ञापन पत्रमा अपराधीहरूको पहिचान गरी कानुनी राज्यको परिपालन गराउन कडा कार्यवाहीको माग गरिएको छ। साथै, धार्मिक तथा सांस्कृतिक सम्पदाको सुरक्षा गर्न सरकारलाई आग्रह गरिएको छ।गढीमाई मन्दिरमा भएको यो घटना धार्मिक तथा सांस्कृतिक महत्त्वका सम्पदाप्रति गरिएको आक्रमणको रूपमा लिइएको छ। यसले कानुनी राज्यको उपहास गरेको भन्दै पार्टीले यथाशीघ्र दोषीलाई कारबाही गर्न जोडदार माग गरेको छ

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस