२०८३ असार २१ गते, आईतवार ०४:१५

राप्रपाको केन्द्रिय समितिको बैठकमा ओली सरकारको ६ महिनाको समीक्षा गर्ने

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक काठमाडौंमा  शुरु भएको छ ।

शुक्रवारदेखि काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बैठक शुरु भएको हो । बैठकमा वर्तमान समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,ओली सरकारको ६ महिनाको समिक्षा,पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण, पार्टीको स्थानीय तहको अधिवेशन र पार्टी जीवनका विविध पक्षमा छलफल गर्ने तयारीको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो । अध्यक्ष लिङदेनले बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठकमा नेकपा एमाले र नेपाली काँग्रेस दुई ठूला पार्टी मिलेर बनेको सरकारको पछिल्ला गतिविधिको बारेमा समिक्षा गर्ने तयारी रहेको बताउनु भयो । उहाँले सरकारले संसदलाई छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप लगाउनु भयो ।

उहाँले नियमित संसद बोलाउन पनि प्रतिपक्षहरूले दबाब दिनुपर्ने स्थिति बनेको बताउनु भयो । उहाँले वर्तमान सरकार सञ्चाल भएदेखि अहिलेसम्मको बीचमा जनतामा आशा जागृत हुनुपर्नेमा जनतामा थप निराशा पैदा भएको बताउनु भयो । अर्थतन्त्र शिथिल र कमजोर भएको भएको सरकारले महँगी नियन्त्रण गर्न नसकेको दाबी गर्नु भयो । उहाँले सिमेन्ट लगायत निर्माण सामाग्रीमा चरम मूल्यवृद्धि हुँदा पनि सरकार अन्देखा भएर बसेको आरोप लगाउनु भयो । उहाँले कमजोर वैदेशिक सम्बन्ध र असन्तुलित प्रराष्ट्रनीति कारण मुलुक भूराजनीतिक चक्रव्युहमा फस्ने खतरा बढेर गएको उल्लेख गर्नुभयो । उहाँले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने उदेश्यले संसदलाई छलेर अध्यादेशबाट मुलुकलाई सञ्चालन गरेको बताउनु भयो ।

उहाँले बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल गरी व्यवस्था बदल्ने आगामी रणनीति बनाउने पनि बताउनु भयो ।  पार्टीले वैशाख मसान्तसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्नेगरी काम गरिरहेकाले त्यसको समीक्षा हुने उहाँको भनाई छ । देश र जनताको अवस्था परिवर्तन व्यवस्था नै परिवर्तन गराउने आन्दोलनको विषयमा पनि छलफल हुने भन्दै संसदमा पार्टीको भुमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल हुने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस