२०८३ आश्विन १८ गते, आईतवार १६:४७

वीरगन्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु

वीरगन्ज-

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । शनिबार पर्साको वीरगन्जस्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको सो पार्टीका उप–महासचिव एवम् संघीय खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए ।

बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गरिने उनले बताए। बैठकले पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिने उनको भनाइ छ।

बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा माननीय मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष माननीय सुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झासहित केन्द्रीय सदस्यहरू उपस्थित छन्।

उक्त बैठक आज र भोली गरी दुई दिन सम्म सञ्चालन हुने जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस