२०८३ आश्विन १८ गते, आईतवार १६:०१

वडाध्यक्ष चौरसिया द्धारा सरसफाईकर्मीहरुलाई ट्रयाकसुट वितरण

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा कार्यरत सरसफाईकर्मीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ । वडामा रहेका नाला र सडक सफाई गर्र्दै आएका सरसफाईकर्मीहरुलाई वडाध्यक्ष प्रदिप कुमार चौरसियाले जनही एक एक सेट ट्रयाकसुट वितरण गरेका हुन् ।

शनिबार वडा समितिको कार्यालयमै सरसफाईकर्मीहरुलाई वडाध्यक्ष चौरसियाले ट्रयाकसुट प्रदान गरेका हुन् ।आर्थिक रुपमा कमजोर रहेका वर्गलाई सहयोग गर्ने उद्देश्य राखेर सरसफाईकर्मीहरुलाई उक्त कपडा वितरण गरिएको भन्दै वडाध्यक्ष चौरसियाले अगामी दिनमा यस्ता सेवामुलक कार्यक्रमहरूलाई निरन्तर दिने प्रतिबद्धता जनाए।

जाडो मौसममा चिसोबाट प्रभावित भएको र वडामा रात दिन खटि रहने कर्मचारीलाई सहयोग पु¥याउने उद्देश्यले चिसोबाट जोगिन सहयोग गरिएको बताउँदै उनले आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा वडाका सदस्य ,वडा कार्यालयका कर्मचारी लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस