२०८३ आश्विन १८ गते, आईतवार १५:५६

राष्ट्रिय वैश्य महासंघ नेपालको प्रथम निर्वाचित जिल्ला कार्यसमिति पर्साको शपथ ग्रहण तथा सम्मान कार्यक्रम सम्पन्न

वीरगन्ज-

राष्ट्रिय वैश्य महासंघ नेपालको प्रथम नव निर्वाचित जिल्ला कार्यसमिति पर्साको शपथ ग्रहण तथा सम्मान कार्यक्रम शनिवार वीरगन्जको कल्वार कल्याण समितिको सभाहलमा भव्य रूपमा आयोजना गरेको छ।

कार्यक्रममा बारा वैश्व समाजका अध्यक्ष शिवजी सर्राफले वैश्व समाजको उत्थान, पहिचान, सम्मान र अधिकारको रक्षा गर्ने उद्देश्यले संगठनको गठन गरिएको जानकारी दिए। उनले समाजका सदस्यहरूको अधिकारको संरक्षण र समृद्धिका लागि मार्गदर्शन गर्दै वैश्व समाजको भविष्य उज्जवल बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न वैश्व समाजका अगुवा व्यक्तित्वहरू, जस्तै डा। प्रमोद कुमार सर्राफ, शम्भु गुप्ता, राजेश्वर साह तेली, शिवजी कलवार, दिनानाथ रौनियार, जवाहिर प्रसाद गुप्ता लगायतको बाक्लो उपस्थितिमा पर्सा जिल्लाका नव निर्वाचित कार्यसमिति सदस्यहरूले शपथ ग्रहण गरेका थिए।
कार्यक्रमको मुख्य उद्देश्य वैश्व समाजका सदस्यहरूलाई एकताबद्ध गर्न र समाजको कल्याणका लागि काम गर्न प्रेरित गर्नु थियो। यसले वैश्व समाजको एकता र सामूहिक विकासमा महत्वपूर्ण कदम चालेको संकेत दिएको छ।

यस कार्यक्रमले भविष्यमा वैश्व समाजको सशक्तिकरण र सामाजिक समृद्धिको लागि निरन्तर कार्यक्रमहरूको आयोजना गर्ने दिशामा महत्वपूर्ण भूमिका निभाउने अपेक्षासमेत गरिएको छ।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस