२०८३ आश्विन १८ गते, आईतवार १६:०८

सुप्रिम सहकारी ठगीः चौथोपटक अदालत जाँदै रवि

काठमाडौँ-

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि जारी थुनछेक बहस शुक्रबार पनि नसकिएकाले शनिबार एकदिनको बिदापछि पूर्वगृहमन्त्री लामिछाने आज पनि अदालत जाने भएका हुन्।

थुनछेक बहस नसकिएपछि शुक्रबार उनलाई अदालतले आइतबार (आज) बिहान १० बजे उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएर पठाएको थियो।

लामिछाने अदालत उपस्थित भएपछि आज पनि उनीतर्फका बाँकी अधिवक्ताले बहस गर्ने छन्। यसअघि शुक्रबार प्रतिवादी लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका थिए।

त्यसअघि सरकारी र जाहेरीवालातर्फका वकिलले बहस सकेका थिए।गत बुधबार आफैँ अदालत हाजिर भएका रविको त्यस दिन बयान मात्र सकिएपछि बिहीबार थुनछेक बहस थालिएको थियो।

बहसका क्रममा सरकारी र जाहेरीवालाका वकिलले न्यायाधीश योगीको भूमिकामा नै प्रश्न उठाएका थिए। न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए। रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरीवालाको माग छ।

रवि पक्षको बहस सकिएपछि सरकारी वकिल र जाहेरीवालाका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आदेश दिनेछन्।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस