२०८२ असार १७ गते, मंगलवार १०:४४

पर्सा-

बहुदरमाई नगरपालिकाको शिक्षकहरुको समस्या समाधानका लागि नेपाल शिक्षक महासंघ पर्साले जानकी मन्दिर र एमाले पार्टीलाई गुहार्दै मन्दिर र मुख्यालय नै पुगेको छ । बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीको हठले अहिलेसम्म विद्यालयका शिक्षक तथा कर्मचारीहरुले तलब सुविधा नपाएको र पटक पटक सरकारलाई गुहार्दा समेत कुनै सुनुवाई नभएपछि समस्या समाधानका लागि एमालले र जानकीमता लाई गुहारेको हो ।

पर्साको बहुदरमाई नगरपालिकाको केही वडा पर्साको निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताकै क्षेत्रमा पर्ने भएकोले पनि शिक्षक महासंघले पर्साको जिल्लादेखि केन्द्रसम्मको एमालेलाई समस्या समाधानका लागि गुहारेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संघीय सरकार, शिक्षामन्त्री पनि एमालेकै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एमालेकै र उहाँको निर्वाचन क्षेत्र पनि पर्ने भएकोले सृजित समस्या समाधान गर्न एमाले केन्द्रीय कार्यालयमै ज्ञापनपत्र मार्फत अनुरोध गरेको महासंघका पर्सा अध्यक्ष तीर्थराज यादवले बताए उनले जनकपुरको जानकी मन्दिरमा समेत ज्ञापनपत्र मार्फत अनुरोध चढाएको बताए ।

शिक्षक महासंघले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । बर्दिवासमा आउनुभएका महासचिव पोखरेललाई शिक्षक महासंघको टोलीले पर्साबाट बर्दिवासमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस