२०८३ बैशाख २ गते, बुधबार ०३:४३

माछा पालक किसान संघ नेपालको केन्द्रीय अध्यक्षमा उमेश गुप्ता चयन

बारा-

माछा पालक किसान संघ नेपालको केन्द्रीय अध्यक्षमा उमेश गुप्ता चयन भएका छन्।बाराको परवानीपुरस्थित राष्ट्रिय कृषि अनुसन्धान केन्द्रमा शनिबार सम्पन्न संघको प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा गुप्ता सर्वसम्मत चयन भएका हुन्।देशका २३ जिल्लाका माछा पालक किसानहरु सहभागी सम्मेलनले गुप्ताको अध्यक्षतामा संघको २७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

संघको केन्द्रीय उपाध्यक्षमा देवानन्द चौधरी,सचिवमा फागुलाल चौधरी,कोषाध्यक्षमा शिवहरि आचार्य र उपसचिवमा सुमन श्रेष्ठ चयन भएका छन्।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सम्मेलनलाई एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री ज्वाला साह,पूर्वमन्त्री पुरुषोत्तम पौडेल लगायतलेपनि सम्बोधन गरेका थिए।

सम्मेलन सम्पन्न भएलगत्तै शनिबार नै बसेको संघको पहिलो बैठकले भारतीय माछाको आयातका कारणले स्वदेशका माछापालक किसानले उचित बजार र भाउ नपाएकाले भारतीय माछाको आयात रोक्नका लागि दबाबमुलक अभियान चलाउने निर्णय गरेको अध्यक्ष गुप्ताले जानकारी दिए।साथै बैठकले किसान आयोगमा संघ दर्ता गराउने निर्णयपनि गरेको उनले बताए ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस