२०८३ असार ११ गते, बिहीबार ०१:०६

विपिन जोशीको रिहाइका लागि सघाउन कतारसंग आग्रह

काठमाडौँ –

कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले प्यालेस्टाइनको गाजामा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सघाउन कतारसंग आग्रह गरेका छन् । सहजीकर्ताको भूमिका निर्वाह गर्न कतारका अमिरशेख तमिम बिन हमाद अल थानीसमक्ष अनुरोध गरेका हुन् ।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले निर्वाह गरेको नेतृत्वदायी भूमिकाप्रति आभार व्यक्त गर्दै जोशीको रिहाइका निम्ति सहयोग गर्न आग्रह गरेको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूत पौडेलले आइतबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि भएको शिष्टाचार भेटमा उक्त आग्रह गरेका हुन् । उनले गत अप्रिल २० मा अमिरबाट भएको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै राष्ट्रपति रामचन्द्र पौडेलकातर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र त्यहाँका जनताको निरन्तर प्रगतिको कामना व्यक्त गरेका थिए ।

अमिरले राजदूत पौडेललाई स्वागत गर्दै कतारी अमिरले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने जानकारी दिएको राजदूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस