२०८२ असार १७ गते, मंगलवार १६:३०

काठमाडौं- 

मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको छ ।

सोमवार अपरान्ह काठमाडौंको एक होटलमा मधेस केन्द्रित राजनीतिक दलहरुको बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल भएको छ । साथै संसदमा मधेसकेन्द्रित दलहरुको उपस्थितिबारे पनि छलफल भएको छ ।

अब शान्तिपूर्ण ढंगले वार्ता र संवादबाट अघि बढ्न एजेण्डा तय गर्ने हेतुले बैठक बसिरहेको मधेसवादी नेता डा. शिवजी यादवले बताउनु भयो । उहाँले देशको समस्या समाधानका लागि मधेसवादी दलहरु गम्भीर रहेको बताउनु भयो

उहाँले बैठकमा मधेसवादी आठ दलहरु सहभागी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस