२०८२ असार १७ गते, मंगलवार १७:१२

काठमाडौं-

म्यानमारको याङ्गुनमा उच्च वायु प्रदुषण भइरहेको छ । वायु गुणस्तर ५० देखि २०० वायु गुणस्तर सूचकांक(एक्युआई) बीच फरक छ । मौसम विज्ञान र जल विज्ञान विभागका निर्देशक उ ह्ला तुनले २०० सम्म पुग्ने स्तरलाई अस्वास्थ्यकर मानिएको बताउनु भयो । यातायातको अत्यधिक प्रयोगका कारण बिहान र साँझ प्रदुषणको स्तर बढ्दै गएको उहाँले बताउनु भयो ।

सवारी साधनको उत्सर्जन, फोहोर जलाउने र डढेलोबाट हुने वायु प्रदुषण बढ्दो चिन्ताको विषय बनेको बताउनु भया । साथै याङ्गुनमा बारम्बार विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूलाई जेनेरेटरमा भर पर्न बाध्य भएको छ । जसले गर्दा वायु प्रदूषण अझ बढेको उहाँले बताउनु भया ।

वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू लाग्ने र विशेष गरी वृद्धवृद्धा, बालबालिका र क्षयरोग भएका व्यक्तिहरूलाई समस्या भएको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस