२०८३ बैशाख २ गते, बुधबार ०७:०९

फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखी सुरु

काठमाडौं-

पहिलो दिन दुई खेल हुनेछन् । म्यानमार र लेबननबिचको खेल दिउँसो २ बजे सुरु हुनेछ। साँझ ६ बजे सुरु हुने खेलमा नेपाल र कीर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली महिला फुटबल टोलीको सहभागिताको‌ दायरा केहि बर्षयता फराकिलो बन्दै गएको छ । त्यसअघि दक्षिण एसियाली स्तर भन्दा माथिका कमै मात्र अवसर पाउथ्यो।

गत वर्ष साउदी अरब वाफ च्याम्पियनसिपको फाइनल पुगेयता नेपाली महिला टोलीको चर्चा थप चुलिएको र समर्थनको रुची बढेको देखिन्छ।

यसपटकको च्याम्पियन्सिपमा दक्षिण एसिया भन्दा बाहिरका टोलीसँघ घरेलु मैदानमा नै खेल‌ हुँदा चासो बढ्नु स्वाभाविक हो । मैत्रीपूर्ण नै किन नहोस् समर्थकहरु महिला टोलीले उपाधि जितेको हेर्न चाहिरहेका छन् ।

स्वदेशमै साफ च्याम्पियनसिपमा लगातार दुई पटक उपाधि जित्ने मौका गुमाएको नेपाली टोलीले यो‌ च्याम्पियनसिपको उपाधि जितेको खण्डमा त्यसले लगातार उपाधि विमुख हुनुपरेको पीडामा थोरै मल्हमको काम गर्न सक्छ।

उपाधि जित्ने सम्भावनालाई बलियो बनाउन आज कीर्गिस्तानसँगको खेलमा विजयी सुरुवात गर्नेु पर्ने हुन्छ। म्यानमार र लेबनन‌ बलियो टोलीमा पर्छन् ।

६ वर्ष अघि नादेज्दा कपमा नेपालले कीर्गिस्तानलाई ८-२ ले हराएको थियो। कीर्गिस्तानलाई अहिले त्यहि नजरले हर्न मिल्दैन।

वाफमा लेबननलाई मुस्किलले हराएको नेपालले म्यानमार लाई ४ पटकको खेलमा अहिले सम्म हराउन सकेको छैन। नेपाली टोलीकका लागि यसपटक जति चुनौती छ त्यो भन्दा बढी अवसर पनि छ। यसलाई टोलीले कसरी उपयोग गर्छ त्यो हेर्न पाइनेछ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस