२०८३ बैशाख २ गते, बुधबार ०९:४०

धनुषामा महिलाको शव घरकै पूजा कोठामा गाडेको अवस्थामा फेला

धनुषा-

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडेको अवस्थामा फेला परेको छ। उनको शव सडेगलेको अवस्थामा रहेको छ। स्थानीय बासिन्दाको सूचनामा प्रहरीले अनुसन्धान गर्दा शनिबार दिउँसो १ बजे उक्त शव फेला पारिएको हो।

अञ्जलीका श्रीमान् हरिराम यादव फरार रहेकाले उनले नै हत्या गरी शव गाडेको हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ। हरिरामसँगै उनीहरूको १० महिनाकी छोरीको पनि पत्तो लागेको छैन।

स्थानीय बासिन्दाका अनुसार, गत शनिबार अञ्जली र हरिरामबीच विवाद भएको थियो। त्यसको एक दिन पछि हरिरामले श्रीमती बेपत्ता भएको बताएका थिए। मंगलबारदेखि हरिराम पनि बेपत्ता भएका थिए। घरका सबै सदस्य हराएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए।

प्रहरीले शव उत्खनन गरी प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि पठाएको छ। अनुसन्धान अञ्जिलो चरणमा रहेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस