२०८२ असार १७ गते, मंगलवार १७:०१

काठमाडौँ-

उपसभामुख इन्दिरा रानाले महिलाहरु एकतावद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गर्नुभयो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणको कुरा गर्ने तर अर्कोतिर यसमै खेल खेल्ने कुराले कहिल्यै परिवर्तन हुन नसक्ने बताउनु भयो

उपसभामुख रानाले पुरुष र नारी दुवै मिलेमात्रै परिवर्तन सम्भव रहेको बताउनु भयो । उहाँले नारी र पुरुष एक भएर मात्रै समाजलाई रुपान्तरण गर्नसकिने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस