२०८२ असार १७ गते, मंगलवार १७:०१

काठमाडौँ-

अब स्वघोषणामा पनि भन्सार जाँचपास गर्ने तयारी गरिएको छ ।

भन्सार कार्यालयमा रहेका भन्सार अधिकारीहरुले आयातकर्ताको स्वघोषणामा वस्तु जाँचपास समेत गर्ने गरी कानूनी प्रवन्ध मिलाउने तयारी गरिएको हो । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा शुक्रवार भन्सार विधेयकमाथि भएको दफाबार छलफलबाट यसबारे निर्णय लिइएको हो । यो दुवै सदनबाट अनुमोदन भएपछि कानून बन्ने प्रक्रियामा जानेछ ।

समितिको बैठकमा राजश्व सचिव दिनेश घिमिरेले अब तीन÷चार किसिमले वस्तु जाँचपासको व्यवस्था गरिने बताउनु भयो । उहाँकाअनुसार वस्तु र कागजात दुई वटै जाँच नगरी सम्बन्धित आयातकर्ता घोषणा गरेमा आयातकर्ताले राजश्व तिरेर समान ल्याउनसक्ने व्यवस्था गर्न लागिएको बताउनु भयो ।

वस्तु जाँच नगर्ने कागजात मात्रै हेरेर जाँचपास गर्ने, वस्तु र त्यससँग सम्बन्धित कागजात जाँचपास नगरी पछि परीक्षण गर्नेगरी घोषणाका आधारमा जाँचपास गर्ने, सम्पूर्ण वस्तु र तत्सम्बन्धि कागजात हेरेर जाँचपास गर्ने जस्ता व्यवस्था गर्न लागिएको छ ।

कुनै वस्तु जाँच गर्दा भन्सार  अधिकृतले आवश्यक देखेमा त्यस्तो वस्तु जाँच गर्ने समयमा घोषणाकर्तालाई उपस्थित हुन आदेश दिन सक्नेछ । घोषणाकर्ताले आफूले निकासी गरेको वस्तु आफ्नो उपस्थितिमा जाँच गराउन चाहेमा सोको जानकारी भन्सार अधिकृतलाई दिनुपर्नेछ । त्यसरी जानकारी दिएकोमा भन्सार अधिकृतले तोकेको समयमा निज उपस्थित नभएपनि त्यस्तो वस्तुको जाँच गर्न सकिनेछ । यो व्यवस्थालाई अर्थसमितिले अनुमोदन गरिसकेको छ ।

दफाबार छलफलमा भन्सार विभागका महानिर्देशक महेश भट्टराईले भन्सार जाँचपासका लागि कसैले स्वघोषणा ग¥यो तर मार्ग परिवर्तन गर्न अनुरोध गरेकै आधारमा परिवर्तन गर्न नसकिने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस