२०८२ पुष ५ गते, शनिबार १४:२३

नारी दिवसमा वीरगन्ज जेसिसद्वारा चार महिला सम्मानित

वीरगन्ज–

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा वीरगन्ज जेसिसले चार जना महिलालाई सम्मानित गरेको छ। शनिबार वीरगन्ज पब्लिक कलेजको सभाकक्षमा आयोजित कार्यक्रममा वीरगन्ज जेसिसका संस्थापक उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, महिला अधिकारकर्मी श्रीला सरकार र प्रहरी जवान कमला कुमारी तमाङलाई सम्मान गरिएको हो।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उक्त महिलाहरूलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरे। उनले महिलामाथि हुने विभेद र हिंसाको अन्त्यका लागि घरबाटै सुरुवात गर्नुपर्ने बताउँदै भने, “महिलामाथि हिंसा र विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्ने अभियान सुरु गर्नुपर्छ।”

वीरगन्ज जेसिस बर्ष २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल केडिया, वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सिमरा जेसिसका अध्यक्ष द्वारिका पौडेल, मानव सेवा आश्रमका देवेश गुप्ता लगायतका गणमान्य व्यक्तिहरूको सहभागिता रहेको थियो।

यस अवसरमा सम्मानित महिलाहरूले आफ्नो क्षेत्रमा गरेको योगदान र समाजमा महिलाको भूमिकालाई अझ बलियो बनाउने आवश्यकताको बारेमा आफ्ना विचार व्यक्त गरे। उनीहरूले महिलाको अधिकार र सशक्तिकरणका लागि समाजका सबै वर्गले सहयोग गर्नुपर्ने आवश्यकता बताए।

वीरगन्ज जेसिसले यस्ता कार्यक्रमहरू मार्फत महिलाको अधिकार र समानताको लागि अझ बलियो अभियान चलाउने प्रतिबद्धता जनाएको छ। यसले समाजमा महिलाको भूमिका र योगदानलाई मान्यता दिने र उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

छठका बेला मात्र कराउने’ भन्ने मेयरको अभिव्यक्तिपछि सिर्सियाको प्रदूषित पानी उपहार दिन महानगर पुगे युवा

वीरगन्ज – वीरगन्जको लाइफलाइन मानिने सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सम्बन्धित

छठका बेला मात्र कराउने’ भन्ने मेयरको अभिव्यक्तिपछि सिर्सियाको प्रदूषित पानी उपहार दिन महानगर पुगे युवा

वीरगन्ज – वीरगन्जको लाइफलाइन मानिने सिर्सिया नदीको प्रदूषण नियन्त्रणमा सम्बन्धित

पोडकास्ट सुन्नुहोस