२०८२ असार १७ गते, मंगलवार १०:२३

वीरगन्ज—

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना जैसवालले वीरगन्ज महानगरका मेयर राजेशमान सिंहप्रति आक्रोश व्यक्त गरिन् । उनले आरोप लगाइन् कि महानगर प्रशासनले उनको पार्टीले घण्टाघरमा आयोजना गर्न लागेको कार्यक्रमलाई अनुमति दिन अस्वीकार गरेको छ ।

राष्ट्रिय नागरिक संघर्ष समिति पर्सा र राप्रपा पर्साको संयुक्त आयोजनामा वीरगन्ज स्थित रातो बंगलामा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै सांसद जैसवालले भनिन्, “हामी ३/४ दिनदेखि घण्टाघरमा कार्यक्रम सञ्चालन गर्न अनुमति मागिरहेका थियौं, पत्र पनि कति पटक लिएर गयौं । तर हाम्रो पार्टीको कार्यक्रम घण्टाघरमा गर्न दिइएन । त्यसकारण आज हाम्रो कार्यक्रम लालबंगलामा भइरहेको छ ।”

उनले मेयर सिंहले धेरै पटक हारगुहार गरेपनि कार्यक्रम गर्न रोक लगाएको बताइन् । उनले भनिन्, “वीरगन्ज एमाले काग्रेस र जसपाको हो ?की हामो्र पनि हो ? यो वीरगन्ज कसैको बाउको हैन ? यहाँकसैको दादागीरी चलीरहेको छैन कि हामी लाई यहँ कार्यक्रम गर्ने पाउदैन । यो हाम्रो शहर पनि हो, हामी सबैको हो ।”

सांसद जैसवालले देशमा बढ्दो लुटतन्त्र र भ्रष्टाचारको चर्चा गर्दै भनिन्, “हामी देशलाई लुटतन्त्रबाट बचाउनको लागि, भ्रष्टचारमुक्त गर्नका लागि राजाको समर्थनमा आएका हौं ।”

यसअघि फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको भिडिओ सन्देशले गर्दा देशभरि राजावादी समर्थकहरुले विरोध प्रदर्शन र जुलुसहरु आयोजना गरिरहेका छन् । पूर्वराजाले उक्त सन्देशमा राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशको लागि आवश्यक भएको बताएका थिए ।

राप्रपा र अन्य राजावादी समूहहरुले पनि पूर्वराजाको सन्देशलाई समर्थन गर्दै देशभरि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् । यसैक्रममा वीरगन्जमा आयोजित आमसभालाई सांसद जैसवालले सम्बोधन गरेकी हुन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस